पाकिस्तान सुपर लिगमा बिकेनन् नेपाली खेलाडी

काठमाडौं: पाकिस्तान सुपर लिग (पिएसएल)मा नेपालका सबै खेलाडी अनसाेल्ड भएका छन्।

सन्दीप लामिछानेसहित नेपालका ७ खेलाडी ड्राफ्टमा रहेका भएपनि अक्सनमा अनसोल्ड भएका हुन्।

पाकिस्तान क्रिकेट बोर्डले सार्वजनिक गरेको पिएसएको ड्राफ्ट लिस्टमा लेग स्पिनर सन्दीप लामिछाने डायमन्ड क्याटोगोरी थिए। अलराउन्डर दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा र सोमपाल कामी सिल्भर क्याटोगोरीमा थिए।

पिएसएल २०२५ आगामी अप्रिलदेखि मेसम्म हुने जनाएको छ।

पिएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किङ्स, लाहोर ग्लाडर्स, मुल्तान सुल्तान, पेसेवर जल्मी, क्वेटा ग्लाडियटर्स गरि ६ टिम सहभागी रहेका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!