निङ्लासैनी आ वि नेगाउकाे वार्षिकोत्सब सम्पन्न

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिका ६ नेगाउमा रहेकाे निङ्लासैनी आ विको ३२ औ वार्षिकोत्सब समारोह सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर मालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि डिलासैनी गाउपालिका का अध्यक्ष सन्तोश प्रकाश जोशी रहनुभएको थियो ।
उक्त कार्यक्रममा विद्यार्थी हरुले अन्तर सदानत्मक हाजिरी जवाफ, भलिबल प्रतियोगिता , बक्तृत्वकला ,लगायत आकर्षक नृत्यहरु प्रस्तुत गर्नु भएको थियो ।

साथै शैक्षिक सत्र २०८१ को अर्धवार्षिक परिक्षामा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार दिनु भएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री मोहन बहादुर बोहराले ५८ लाख ३१ हजार एकसय ६८ रूपैया बराबरको वार्षिक आय ब्यय प्रस्तुत गर्नुभयो ।

साथै बिब्यस अध्यक्ष नर बहादुर मालले पालिका अध्यक्ष जाेशीलाई विद्यायालयमा भएका समस्या हरु हल गर्नको लागि ज्ञापनपत्र पेश गर्नुभयाे।

कार्यक्रममा बोल्दै गापा अध्यक्ष जाेशी चालु आवमा विद्यालयको समस्या समाधान गर्न उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन शिक्षक गोबिन्द सिंह मालले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!