एनपीएलकाे च्याम्पियन जनकपुरलाई अभिनन्दन र भव्य स्वागत

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीहरूलाई मधेस प्रदेशमा परिक्रमाका साथै भव्य स्वागत गरिएको छ।

विजेता टाेलीलाई शुक्रबार दिउँसो  नगरपरिक्रमा र साँझ जानकी मन्दिर परिसरमा स्वागत गरिएको हो ।

जितको खुसीमा जनकपुरका नागरिक समाज, खेलप्रेमीहरूले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराएका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाले एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई अभिनन्दन पनि गरेको छ ।

यसअघि मुख्यमन्त्री सतिश कुमार सिंहले रंगशाला मैदानमै पुगेर खेलाडीहरूलाई सम्मान गरेका थिए ।

पुस ६ गते शनिबार त्रिवि क्रिकेट मैदान काठमाडौंमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स विजेता बनेको थियो ।
विजेता जनकपुरले १ कराेड १० लाख पुरस्कार पनि पाएकाे थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!