एनपीएलकाे उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) काे उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।

उपाधि भिडन्त त्रिवि क्रिकेट मैदानमा आज मध्याह्न १२ बजेदेखि हुनेछ।

बिहीबार जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले निराश पार्दै सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

समूह चरण र प्लेअफमा सुदूरपश्चिमसँग जनकपुर पराजित भएको थियो । समूह चरणमा सुदूरपश्चिमसँग ७२ रन तथा प्लेअफमा आठ विकेटले जनकपुर स्तब्ध भएको थियो । अब फाइनलमा एकपटक फेरि नम्बर १ र २ टोलीको प्रतिस्पर्धा हुनेछ ।

यो फाइनल विशेष हुनेछ, किनकि सुदूरपश्चिमसँग जनकपुरका लागि बदला लिने अवसर हुनेछ भने सुदूरपश्चिमले आफ्ना नजिकका प्रतिस्पर्धीविरुद्ध जितको ह्याट्रिक बनाउन चाहनेछ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघिका नतिजा हेरेर नखेल्ने र सजिलो प्रतिद्वन्द्वीका रूपमा नलिने स्पष्ट पारे। साथै उनले जनकपुर पनि बलियो रहेको र राम्रो योजना बनाएर खेल्ने बताए।

जनकपुरका कप्तान आसिफ शेखले फाइनलमा बदला लिनेभन्दा पनि आफूसँग भएको उत्कृष्ट प्रदर्शन दिने विश्वास व्यक्त गरे। उनले पछिल्ला खेलमा राम्रो ब्याटिङ गर्न नसके पनि फाइनलमा राम्रो खेल्ने आशा व्यक्त गरे।

विजेताले १ कराेड १० लाख पुरस्कार पाउनेछ। उपविजेताले ५१ लाखमा चित्त बुझाउनुपर्नेछ।

नेपाल क्रिकेट संघकाे आयाेजनामा मंसिर १५ गतेदेखि सुरू भएको प्रतियोगितामा ८ टाेलीकाे सहभागीता रहेकाे थियाे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!