एनपीएलबाट बाहिरिएको कर्णालीले २५ लाख पाउने

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)बाट बाहिरिएको कर्णाली याक्सले २५ लाख पुरस्कार पाउने भएकाे छ।

दोस्रो क्वालिफायर खेलमा जनकपुर बाेल्ट्ससंग २ विकेटले पराजित भएर कर्णाली प्रतियोगिताबाट बाहिरिएकाे हाे ।

प्रतियोगिताकाे तेस्रो हुँदै बाहिरिएकाे कर्णालीले २५ लाख पुरस्कार पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
क्यानका अनुसार चाैथाे हुँदै बाहिरिएको चितवन राइनाेजलाई १५ लाख पुरस्कार दिइनेछ ।

प्रतियोगिताकाे उपाधिका लागि सुदूरपश्चिम राेयल्स र जनकपुर बाेल्ट्स शनिबार भिड्दैछन्।

उपाधि हात पार्नेले १ कराेड १० लाख र दाेस्राे हुनेले ५१ लाख पुरस्कार पाउनेछन् ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!