बैतडी: नेपाल पत्रकार महासंघ बैतडी शाखामा नयाँ नेतृत्व चयन भएकाे छ। यहाँ अध्यक्ष र काेषाध्यक्ष पदमा निर्वाचन र अन्य पदहरूमा निर्विरोध चयन भएका हुन्।
महासंघकाे आठौं जिल्ला अधिवेशनवाट नरीदत्त बडूकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हाे।
खसेकाे कुल ४५ मतमध्ये बडूले ३९ मत ल्याएर विजयी हुनुभयाे । अर्का अध्यक्षका उम्मेदवार लाेकेश साउँदले
६ मत मात्रै प्राप्त गर्नुभयाे। बडू नेपाल टेलिभिजन र साउँद नयाँ पत्रिकाका जिल्ला संवाददाता हुनुहुन्छ ।
समितिकाे खुला उपाध्यक्षमा लक्ष्मण बिसि (रेडियो मेलाैली), महिला उपाध्यक्षमा रतना कलाैनी(दिनेशखबर), सचिवमा विनाेद विष्ट(रासस), सहसचिवमा केशवराज भट्ट(बाशुलिङ्ग मिडिया), समावेशी सहसचिवमा मंगेश दयाल(रेडियो मेलाैली) हुनुभएकाे हाे ।
कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा करुणाकर भट्ट(रेडियो बैतडी)२४ मत प्राप्त गरेर विजयी हुनुभयो । भट्टका प्रतिस्पर्धी कृष्ण बहादुर विष्ट(रेडियाे सेभेनस्टार)ले २० मत पाउनुभयो । अर्का काेषाध्यक्ष पदका उम्मेदवार सुरेश अवस्थी(रेडियो निङ्गलाशैनी)ले एक मत पनि प्राप्त गर्नसक्नुभएन।
यस्तै शाखाका सदस्यहरूमा गाैरव चन्द(रेडियाे सनसेर),सरस्वती मडै(रेडियाे सनसेर),डम्बर बाेहरा(रेडियो सेभेनस्टार),विरेन्द्र विष्ट(खबरबाेर्ड),मदनराज भट्ट(रेडियाे सेभेनस्टार),राधिका भट्ट(जनआदर्श साप्ताहिक),प्रताप दमाई(नेपाल एफएम नेटवर्क) र विमला भट्ट(रेडियो निङ्गलाशैनी) पनि निर्विरोध चयन हुनुभएको छ।
यसका साथै केन्द्रीय परिषद् सदस्यमा लक्ष्मीदत्त पाण्डेय(रेडियो नेपाल),अमर भट्टराई(रेडियो सेभेनस्टार) र प्रदेश परिषद् सदस्यमा भगिरथ अवस्थी(रेडियो निङ्गलाशैनी),डीआर भट्ट(निकाे खबर),सिपि लाेहिया(स्टार बुलेटिन) र बशन्तप्रकाश विष्ट(सुर्नया टाइम्स) निर्विरोध हुनुभएकाे छ।
आगामी ३ बर्षका लागि चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई आज निर्वाचित भएको प्रमाण पत्र समेत प्रदान गरिएको छ। साथै पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम पनि सम्पन्न छ।
