पाेखरा कर्णालीसंग १०३ रनमा अलआउट

काठमाडौं: एनपीएलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णाली १६.३ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटियो । यो अहिलसम्मकै कम स्कोरको लक्ष्य हो ।
पोखराका लागि दिनेश खरेल २६ र एन्ड्रिज गौसले २५ रन बनाए । रेमन रेफरले २० रन बनाए ।
कर्णालीका लागि घातक बलिङ गरेका विलियम बोसिस्टोले ३१ रन खर्चेर ६ विकेट लिए । सोमपाल कामी, यूनिस ठाकुर र विपिन शर्माले १–१ विकेट लिए ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!