बैतडी:वर्षासंगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाकाे ग्वाल्लेक खोडपे,अनारखाली, ढोल्यामोड, सिगास, मेलाैलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हाे ।
उच्च लेकाली क्षेत्रमा वर्षासंगै हिमपात भएकाे बैतडीका निमित्त प्रहरी प्रमुख,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे।
बैतडीसंगै,डडेल्धुरा ,डाेटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएकाे छ।
हिमपात र वर्षाका कारण चिसाे बढेकाे छ। चिसाेका कारण जनजीवन पनि प्रभावित हुँदै गएकाे छ।
दैनिक ज्यालामजदुरी गर्ने मजदुर,बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन् ।
यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन् ।
लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएकोले किसान खुसी भएका हुन् ।
