काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलाे कर्णाली याक्सले पहिलाे जित दर्ता गरेकाे छ।
दुई हारपछि पहिलाे जित दर्ता गर्ने क्रममा कर्णालीले चितवन राईनाेजलाई ६ विकेटले पराजित गर्याे।
जितका लागि पाएकाे १३१ रनकाे लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे।
कर्णालीकाे जितमा शिखर धवनले सर्वाधिक ४५ रनकाे याेगदान गरे।
यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेकाे चितवनले निर्धारित २० ओभरमा ७ विकेटकाे क्षतिमा १३० रन बनायाे ।
जसमा रवि बाेपराले अर्धशतक हिर्काउदै अविजित ५९ रन बनाए। बाेपराकाे याे दाेस्राे अर्धशतक हाे । उनले यसअघि पाेखराविरूद्धकाे खेलमा पनि अर्धशतक जाेडेका थिए।
कर्णालीका विपिन शर्माले ३ विकेट लिए।
कर्णालीले दुई हारपछि पहिलाे जित निकाल्दा चितवनकाे दुई जितपछिकाे पहिलो हार हाे।
आजै हुने दाेस्राे खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्सबीच प्रतिस्पर्धा हुदैछ ।
लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।
पाेखरा भने यसअघिका दुबै खेलमा पराजित भएकाे थियाे।
