एनपीएल: कर्णालीले पायाे १३१ रनकाे लक्ष्य

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) मा आजकाे पहिलाे खेलमा कर्णाली याक्सले १३१ रनकाे लक्ष्य पाएकाे छ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेकाे चितवनले निर्धारित २० ओभरमा ७ विकेटकाे क्षतिमा १३० रन बनायाे ।
जसमा रवि बाेपराले अर्धशतक हिर्काउदै अविजित ५९ रन बनाए। बाेपराकाे याे दाेस्राे अर्धशतक हाे । उनले यसअघि पाेखराविरूद्धकाे खेलमा पनि अर्धशतक जाेडेका थिए।
कर्णालीका विपिन शर्माले ३ विकेट लिए।
चितवन यसअघिका दुबै खेल जितेकाले आज ह्याट्रिक जितकाे खाेजीमा छ।

कर्णाली भने यसअघिका दुबै खेल हारेकाले आजकाे खेल जित्नैपर्ने दबाब छ।

आजै हुने दाेस्राे खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्सबीच प्रतिस्पर्धा हुने छ ।

लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।

पाेखरा भने यसअघिका दुबै खेलमा पराजित भएकाे थियाे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!