बैतडीमा जेठ ३ देखि अन्तरपालिका भलिबल हुँदै,ट्रफी सार्वजनिक

बैतडी:बैतडीमा यही जेठ ३ गतेदेखि बृहत् अन्तरपालिका महिला र पुरूष खुल्ला भलिबल प्रतियोगिता हुने भएकाे छ। नेपाल खेलकुद महासंघ बैतडीको आयोजनामा निंग्लाशैनी खेल मैदान, देहिमाण्डौमा सञ्चालन हुने प्रतियोगिताकाे आज ट्रफी सार्वजनिक गरिएको छ।
प्रतियोगितामा जिल्लाका नाै पालिकाका टाेलीकाे सहभागीता रहने नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयाे।
जिल्लाकाे शिवनाथ गाउँपालिका बाहेक अन्य ९ वटै पालिकाले सहभागिता जनाउनेछन्।
महिलातर्फ १० र पुरुषतर्फ १४ टिमगरी जिल्लाका २४ टिमले सहभागिता जनाउनेछन् । 
पाटन र दशरथचन्द नगरपालिकाबाट महिला पुरुषतर्फका दुईदुई वटा टिमले सहभागिता जनाउदैछन् । मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट पनि पुरुषतर्फ दुईदुई टोली सहभागि हुनेछन् । 
यस्तै महिलातर्फ डिलाशैनी र सिगास गाउँपालिकाकाे टाेली दर्ता भएकाे छैन् । समूह चरणबाट खेलहरु खेलाइने र खेल तालिका भने बुधबार सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
बृहत अन्तरपालिकास्तरीय खुुला भलिबल महोत्सव तथा प्रतियोगिताको उद्घाटन नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम रहेकाे छ। 
जसमा बैतडीका कलाकारहरुले प्रतियोगिताको उद्घाटनमा आ–आफ्नो प्रस्तुती पनि राख्ने छन् । 
प्रतियोगीताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया काम गरिएको छ । दोस्रो पुरुस्कार ५५ हजार ५५५रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ र सान्त्वना पुरुस्कार ३३ हजार३३३ रहेको छ । प्रतियोगीताका उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था छ ।
प्रतियोगीताले भलिबल खेलकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!