सुदूरपश्चिमले दियाे काठमाडौंलाई १६८ रनकाे चुनाैती

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदुरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई रनकाे १६८ चुनाैती दिएकाे छ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेकाे सुदुरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनायाे।
जसमा ब्रेन्डम मेकुलमले अर्धशतक हिर्काउदै ५३, कप्तान दीपेन्द्र सिंह ऐरीले ४३,विनाेद भण्डारीले ३५, रन बनाए।

काठमाडौंका लागि राशिद खानले २ विकेट लिए।

एकमा हार र एकमा जित निकालेकाे काठमाडौं तेस्राे खेल खेल्दैछ। सुदूरपश्चिमकाे दाेस्राे खेल हाे। यसअघि पहिलाे खेलमा शानदार सुरूवात गरेकाे सुदूरपश्चिम दाेस्राे जितकाे दाउमा छ।

मंसिर १५ गतेदेखि सुरू प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा ८ टिमको सहभागिता छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!