जनकपुरकाे ह्याट्रिक जित,पाेखरा दाेस्राे खेलमा पनि पराजित

काठमाडौं :  जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलमा लगातार तेस्रो जित निकालेकाे छ।
तेस्रो जित दर्ता गर्ने क्रममा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले हरायाे।

जितका लागि पाएकाे १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा भेट्टायाे । जसमा लाहिरू मिलन्थाले सर्वाधिक ४५ रन जाेडे ।

यसअघि कीर्तिपुर मैदानमा  टस जितेर फिल्डिङ रोजेपछि  पोखरा एभेन्जर्सले ब्याटिङ गरेकाेमा ७ विकेट गुमाएर १३८ रन बनायो।

जसमा म्याट क्रिट्ले ३५, आन्द्रे गोस २०, दिनेश खरेल १०, कुशल भुर्तेल ६, दिलिपनाथ १०, रेइमन रिफर १७, माइकल लिस्कले२५ रनको योगदान दिए।

ललित राजवंशी तीन, जिमि निसम दुई मोहम्मद मोहसिन, किशोर महतोले समान एक एक विकेट लिए।

जितसंगै जनकपुर अंकतालिकाकाे शिर्ष स्थानमा उक्लयाे। पाेखराकाे याे दाेस्राे हार हाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!