जनकपुरलाई जितका लागि १३९ रनकाे लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सले जितका लागि १३९ रनको लक्ष्य पाएको छ।

कीर्तिपुर मैदानमा  टस जितेर फिल्डिङ रोजेपछि  पोखरा एभेन्जर्सले ब्याटिङ गरेकाेमा ७ विकेट गुमाएर १३८ रन बनायो।

जसमा म्याट क्रिट्ले ३५, आन्द्रे गोस २०, दिनेश खरेल १०, कुशल भुर्तेल ६, दिलिपनाथ १०, रेइमन रिफर १७, माइकल लिस्कले२५ रनको योगदान दिए।

ललित राजवंशी तीन, जिमि निसम दुई मोहम्मद मोहसिन, किशोर महतोले समान एक एक विकेट लिए।

पहिलाे खेलमा पराजित भएकाे पाेखरा आज दाेस्राे खेल खेल्दैछ। अपराजित जनकपुर लगातार तेस्राे जितकाे खाेजीमा छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!