काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा
लुम्बिनी लायन्सले सुदूरपश्चिम राेयल्सकाे रेकर्ड ताेडेकाे छ।
सुदूरपश्चिमले बनाएकाे प्रतियोगिताकै उच्च स्काेर लुम्बिनीले ताेडेकाे हाे।
सुदूरले पहिलो खेलमा विराटनगर किङ्सविरूद्ध बनाएकाे १८२ रनकाे उच्च स्काेर आज लुम्बिनीले पनि विराटनगरविरूद्धकाे खेलमा नै ताेडेकाे छ।
कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेकाे लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९१ रन बनायाे ।
जसमा कप्तान राेहित पाैडेलले सर्वाधिक ४६ रन बनाए।
विराटनगरका कप्तान सन्दीप लामिछानेले १ विकेट लिए । यसअघिका २ खेलमा विकेटविहीन रहेका सन्दीपले आज विकेट लिन सफल भए ।
सन्दीप लामिछाने नेत्तृत्वको विराटनगर लगातार दुई खेल हारेपिछ आज पहिलो जितको खोजीमा छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले सुखद सुरूवात गर्न चाहन्छ।
