लुम्बिनी विराटनगरविरूद्ध टस हारेर ब्याटिङमा

काठमाडौं:  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा
अहिले भइरहेकाे खेलमा विराटनगर किंग्सविरूद्ध लुम्बिनी लायन्स पहिला ब्याटिङ गर्दैछ ।

कीर्तिपुरको त्रिवि मैदानमा विराटनगरले टस जितेर लुम्बिनीलाई ब्याटिङकाे निम्तो दिएकाे हाे।

सन्दीप लामिछाने नेत्तृत्वको विराटनगर पहिलो जितको खोजीमा हुनेछ । लगातार दुई खेल हारेपछि विराटनगर जित्नैपर्ने दबाबका बीच मैदानमा उत्रँदैछ ।

अर्कोतिर नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले आज पहिलो खेल खेल्दैछ ।

जारी प्रतियोगितामा दुई खेल खेलिसक्दासमेत सन्दीपले कुनै विकेट लिन सकेका छैनन् । यसले गर्दा उनी झनै दबाबमा छन् ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!