काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो दोश्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदान मंगलबार जारी दोश्रो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको छ ।
चितवनका लागि रवि बोपराले ३८ बलमा समान ३ चौका र छक्काको सहयोगमा सर्वाधिक ५१ रनको योगदान दिदा कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३८, लुक बेन्केन्स्टेनले १३ बलमा १६ रन जोडे।
पाेखरा सुखद सुरूवात र चितवन दाेस्राे जितकाे याेजनामा छ।
