एनपीएल: जनकपुरकाे लगातार दाेस्राे जित,कर्णाली पराजित

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बाेल्ट्सले लगातार दाेस्राे जित दर्ता गरेकाे छ।
दाेस्राे जित दर्ता गर्ने क्रममा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हरायाे।

यसअघि पहिलाे खेलमा जनकपुरले विराटनगर किङ्समाथि ८ विकेटको जित दर्ता गरेकाे थियोे ।

कर्णालीले दिएकाे १४२ रनकाे लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेटको क्षतिमा सहजै पूरा गर्याे।
जनकपुरकाे जितमा कप्तान अनिल शाहले अर्धशतकीय पारी खेल्दै ६२ रनमा अविजित रहे ।

अनिल एनपीएलमा अर्धशतक हिर्काउने पहिलाे नेपाली खेलाडी समेत बने । अनिलले अर्का ओपनर आशिफ शेखसंग ८४ रनकाे साझेदारी गरे ।
अनिल र आशिफबीचकाे याे साझेदारी प्रतियोगिताकै उच्च हाे ।
आशिफले ३६, लाहिरू मिलन्थाले २४ रनकाे याेगदान गरे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनायाे। कर्णालीले अन्तिम २ ओभरमा ४३ रन जाेड्याे। १८ ओभरमा ९८ रन मात्रै बनाएकाे कर्णालीका कप्तान साेमपाल कामी र अर्जुन घर्तीले बिस्फाेटक पारी खेले । अर्जुनले ३३ र  साेमपाल २९ रनमा अविजित रहे।
यस्तै गुल्सन झाले ३६,शिखर धवन १४, बाबर हायातले १२ रनकाे याेगदान गरे।

जनकपुर माेहमद माेहसिनले २ विकेट हात पारे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!