ललितपुर मेयर्स कप: सुदूरपश्चिम दुई जितसंगै दाेस्राे स्थानमा

बैतडी:काठमाडौंमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप क्रिकेटमा सुदूरपश्चिम प्रदेश लगातार दाेस्राे खेलमा पनि विजयी भएकाे छ। पहिलाे खेलमा आयाेजक ललितपुर मेयर्स-११ लाई हराएको सुदूरले आज दाेस्राे खेलमा काेशी प्रदेशमाथि १९ रनकाे जित निकाल्याे।
सुदूरपश्चिमले दिएकाे ११३ रनकाे लक्ष्य पछ्याएकाे काेशीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । जसमा ओपनर काजल श्रेष्ठले ३३ र कप्तान अप्सरी बेगमले २३ रन बनाएनि अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् । काजल र अप्सरीले दाेस्राे विकेटका लागि ५२ रनकाे साझेदारी गरे। ५७ रन जाेड्दा दाेस्राे विकेट गुमाएको काेशी त्यसपछि ३५ रन जाेड्दा थप ५ विकेट गुमाउन पुग्याे।
काेशीलाई सस्तैमा राेक्न सुदूरपश्चिमका जानकी थापा, रितु कनाैजिया, लक्ष्मी साउद र बिन्दु रावलले समान १-१ विकेट लिए । बाँकी ३ ब्याटर रनआउट भए।

यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन जोड्यो । प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेकी सम्झनाले ५१ बलमा ४ चौकासहित ५४ रन बनाइन्। उनी खेलकी प्लेयर अफ द म्याच समेत चुनिइन्।
यस्तै रितु २३ र कप्तान बिन्दु रावलले १४ रनकाे याेगदान गरिन्। ४५ रन जाेड्दा ६ विकेट गुमाएर धर्मराएकाे पारीलाई रितु र सम्झनाले सम्हाले। यी दुबै ब्याटरले ५७ रनकाे उत्कृष्ट साझेदारी गर्दै राम्रो याेगफलसम्म पुर्याए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन जाेड्न सकेनन् ।
कोशीका लागि सबनम राई, हिरणमाए रोय र संगिता राईले समान २-२ विकेट लिए ।

जितसंगै सुदूरपश्चिम दुई जितबाट ४ अंक जाेड्दै अंकतालिकाकाे दाेस्राे स्थानमा पुगेकाे छ। दुबै खेलमा पराजित काेशीले अंक जाेड्न सकेकाे छैन। एपीएफ भने दुई खेलबाट ४ अंकका साथ नेटरनरेटमा सुदूरपश्चिमभन्दा अगाडि रहदैं शिर्ष स्थानमा छ।

पाँच टाेली सहभागी प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा खेलाइदैछ। शिर्ष दुई टोली उपाधिको लागि भिड्नेछन् ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!