मृत्युु जितेका ऋषभ पन्त आइपिएल इतिहासकै महंगोमा बिके

काठमाडौं: ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आइपिएल)काे इतिहासमै महंगो मूल्यमा बिक्री भएका छन्।

साउदी अरबको जेद्दाहमा मेगा अक्सनमा भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई लखनऊ सुपर जायन्ट्सले २७ करोडमा किनेको छ।

योसँगै उनी आइपिएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन्।

रिषभ केही वर्ष अगाडि कार दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। मृत्यु जितेका ऋषभ आइपिएल २०२५ लागि कीर्तिमानी मूल्यमा बिके।

पन्तअघि पञ्जाबले श्रेयस अय्यरलाई २६ करोड ७५ लाखमा किनेको थियो।
यी दुई इतिहासकै सबैभन्दा महँगा दुई भारतीय खेलाडी बनेका छन्।
दुई फ्रेन्चाइजीले दुई कप्तान भित्र्याउन ५३ करोड ७५ लाख भारु खर्च गरेका छन्।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!