ललितपुर मेयर्स कप: सुदूरपश्चिमकाे विजयी सुरूवात

काठमाडौं: काठमाडौंमा जारी ललितपुर मेयर्स कपमा सुदूरपश्चिम प्रदेशले विजयी सुरूवात गरेकाे छ। टियु क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न खेलमा आयोजक टोली ललितपुर मेयर्स एघारलाई डिएल मेथडमा १६ रनले स्तब्ध पार्दै सुदूरपश्चिम विजयी भएको हाे।
जितका लागि पाएकाे १२४ रनकाे लक्ष्य पछ्याएकाे ललितपुरले ११ ओभरमा २ विकेटको क्षतिमा ४५ रन बनाउदा पानी परेपछि डिएल मेथडका आधारमा नतिजा निकालेकाे थियाे। ललितपुरका लागि कप्तान पुजा महताेले १४ र सरस्वती जीएमले १२ रन बनाईन्। सुदूरपश्चिमका लागि जानकी थापा र रितु कनाैजियाले १/१ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनायो । जसमा प्लेयर अफ द म्याच समेत भएकी कप्तान बिन्दु रावलले २८ बलमा ३ चौकाको सहयोगमा ३० र कविता जोशीले २० बलमा २ छक्काको सहयोगमा अविजित २५ रन बनाईन् ।
ललितपुर एघारका लागि आरती महतो र कृतिका मरासिनीले समान २/२ विकेट लिए ।
वैशाख २९ गतेदेखि शुरू भएको प्रतियोगितामा ५ टाेलीकाे सहभागीता रहेकाे छ।
प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका शीर्ष चार टोली र आयोजक ललितपुर एघार गरि ५ टाेलीको सहभागीता रहेको हाे।
राउन्ड रोविन लिगमा हुने यस प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!