डडेल्धुरा: डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा जिप दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु १ ज ४५७९ नम्बरको जिप सडकबाट करिब ३० मिटर तल खसेको छ।
दुर्घटनामा ७ जना घाइते भएका छन्। तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि धनगढी लगिएको छ। मृतक दुवै महिला रहेको बताइन्छ।
मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।
