काठमाडौं: यही मंसिर १५ गतेदेखि हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)काे उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बाेल्ट्स भिड्ने भएका छन्।
नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेकाे खेलतालिका अनुसार मंसिर १५ गते दिउँसो १२:१५ बजे हुने उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने भएका हुन्।


