एनपीएल: सुदूरपश्चिमका सबैभन्दा बढी समर्थक, फेसबुकमा १ लाख बढी फलाेअर

काठमाडौं: यही मंसिर १५ गतेदेखि हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)काे सबैभन्दा बढी समर्थक भएकाे टिम सुदूरपश्चिम रोयल्स बनेको छ ।
एनपीएलमा सहभागी हुने ८ टिममध्ये फेसबुकमा एक लाख फलोअरको आँकडा पार गर्दै पहिलो टिम सुदूरपश्चिम रोयल्स बनेको छ ।
२१ भदौमा टिम घोषणा भए लगत्तै सबैजसो टिम सामाजिक सञ्जालमा सक्रिय छन् । 

त्यसमध्ये सबैभन्दा पहिले एक लाख फलोअरको आँकडा सुदूरपश्चिम रोयल्सले पार गरेको हो । यो समाचार तयार पार्दासम्म सुदूरपश्चिम रोयल्सको फेसबुक पेजले एक लाख ३ हजार फलोअर र ८२ हजार बढी लाइक पाएको छ । 

– ७५ हजार फलोअर र ६१ लाख लाइक सहित पोखरा एभेन्जर्सको फेसबुक पेज दोस्रो स्थानमा छ । 

-तेस्रो स्थानमा लुम्बिनी लायन्स रहेको छ । यस टिमको फेसबुक पेजमा ६४ हजार फलोअर र ४४ हजार लाइक रहेको छ ।

– ५४ हजार बढी फलोअर र ३६ हजार बढी लाइकका साथ कर्णाली याक्सको फेसबुक पेज चौथो स्थानमा छ ।

-पाँचौं स्थानमा काठमाडौं गुर्खाज छ । यस टिमको फेसबुक पेजमा ३४ हजार बढी फलोअर र २९ हजार बढी लाइक रहेको छ । 

– छैठौं स्थानमा विराटनगर किङ्ग्स रहेको छ । यस टिमको फेसबुक पेजमा २५ हजार बढी फलोअर र १६ हजार बढी लाइक रहेको छ । 

– सातौं स्थानमा जनकपुर बोल्ट्स रहेको छ । यस टिमको फेसबुक पेजमा २४ हजार बढी फलोअर र १६ हजार बढी लाइक रहेको छ । 

-१९ हजार बढी फलोअर र ११ हजार बढी लाइकका साथ चितवन राइनोज अन्तिम स्थानमा छ ।

सुदूरपश्चिम राेयल्सका मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी रहेका छन्।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!