ओखलढुंगा: जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन्।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो। कांग्रेस उम्मेवार टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेकोले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।
कांग्रेसका कृष्णप्रसाद पौडेलले पार्टीका उम्मेदवार भट्टराई निर्विरोध भएको बताउनुभयो । उहाँले पार्टीका उम्मेदवारलाई निर्विरोध बनाउन भूमिका खेल्ने सबै जनप्रतिनिधिहरूलाई धन्यवाद दिनुभएको छ ।
कांग्रेसको एकल बहुमत रहेको जिससमा एमालेले उम्मेदवारी नदिई कांग्रेसकै भट्टराईलाई समर्थन गरेको थियो।

