नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो

काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ। 

ताजिकिस्तानको दुशान्बेमा भएको दोस्रो मैत्रिपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० ले पराजित गरेको हो। 

नेपालको जितमा  फरवार्ड जिलेस्पी जंग कार्की र डिफेन्डर रोहित चन्दले गोल गरे। 
नेपालले १२ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको छ। सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० ले पराजित गरेको हो।

नेपालले अफगानिस्तानविरुद्ध पछिल्लो जित भरत खवासको गोलमा हात पारेको थियो। एएफसी च्यालेन्ज कप २०१२ छनोटमा भरतको गोलमा नेपालले दशरथ रंगशालामा १–० (अप्रिल, २०११) को जित निकालेको थियो। त्यसपछि नेपालले अफगानिस्तानविरुद्ध दुई खेल खेलेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा सानदार प्रर्दर्शन गर्दै जित हासिल गरेको हो। 

यसअघि पहिलो मैत्रिपूर्ण खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोलले पराजित भएको थियो। 

साफका ती दुवै सेमिफाइनल (नयाँ दिल्ली २०११ र काठमाडौं २०१३) को भेटमा अफगानिस्तानले बाजी मार्याे। उसले पहिलो सेमिफाइनल अतिरिक्त समय र दोस्रो सेमिफाइनल नियमित समयमै जितेको थियो। काठमाडौंमा भएको अन्तिम भेटमा रोहितले दुईपल्ट पेनाल्टी प्रहार गरे पनि गोल गर्न नसक्दा नेपाल पराजित हुन पुगेको थियो।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!