नेपाल प्रिमियर लिगमा १६ देशका ३४ विदेशी खेलाडी अनुबन्ध(नामावलीसहित)

काठमाडौं:नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर-पुसमा फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुँदैछ । नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो फ्रेन्चाइज लिगको रुपमा रहेको एनपीएलको तयारी तीव्र रुपमा भइरहेको छ ।

विदेशी खेलाडी प्लेईङ-११ मा राख्नै पर्ने नियम रहेको छ । यसै नियममा रहेर टिमहरुले विदेशी खेलाडी धमाधम आफ्नो टोलीमा भित्र्याइरहेका छन् । सहभागी टोलीले न्यूनतम ४ र अधिकतम ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् ।

हालसम्म विभिन्न टोलीमा १६ देशका ३४ विदेशी खेलाडी अनुबन्ध भइसकेका छन् । पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्सले समान ५, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, कर्णाली याक्स र काठमाडौं गुर्खाजले समान ४ तथा लुम्बिनी लायन्सले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

पोखराले ६ खेलाडीको नाम घोषणा गरेपनि वेस्ट इन्डिजका एन्डरसन फिलिप नआउने भएका छन् । उनको स्थानमा पोखराले रेमन राइफर अनुबन्ध गरिसकेको छ ।

कुन देशबाट कति खेलाडी अनुबन्धित भए ?

इङ्ग्ल्याण्ड – ६ जना

अमेरिका – ४ जना

न्युजिल्याण्ड, स्कटल्याण्ड, पाकिस्तान – ३ जना

वेस्ट इण्डिज, नामिबिया, नेदरल्याण्ड्स र अफगानिस्तान – २ जना

भारत, हङकङ, युएई, अस्ट्रेलिया, ओमान, क्यानडा, दक्षिण अफ्रिका – १ जना

यी टोलीमा आबद्ध भएका विदेशी खेलाडी यस प्रकार रहेका छन् :

सुदूरपश्चिम रोयल्स – स्कटल्याण्डका ब्रान्डन मक्मलेन, इङ्ग्ल्याण्डका सेफ जेब, न्युजिल्याण्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्ताफा

विराटनगर किंग्स – ओमानका अकिब इल्यास, क्यानडाका निकोलस किर्तन, स्कटल्याण्डका क्रिस सोल, न्युजिल्याण्डका मार्टीन गप्टिल र अफगानिस्तानका इस्मत आलम

जनकपुर बोल्ट्स – न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकाका लाहिरु मिलन्था र पाकिस्तानका सोयब मक्शुद

कर्णाली याक्स – पाकिस्तानका हुसेन तलात, हङकङका बाबर हायात, वेस्ट इण्डिजका चालडिक वाल्टन र भारतका शिखर धवन

चितवन राइनोज – दक्षिण अफ्रिकाका मार्चन्ट डे लांग, इङ्ग्ल्याण्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन, नामिबियाका जान लिफ्टी इटन र अफगानिस्तानका हसन इसाखिल

लुम्बिनी लायन्स – इङ्ग्ल्याण्डका टोम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द

पोखरा एभेन्जर्स – अमेरिकाका आन्द्रेस गौस, नेदरल्याण्ड्सका बास डि लिडे, इङ्ग्ल्याण्डका म्याट क्रिचली, वेस्ट इण्डिजका रेमन राइफर र स्कटल्याण्डका माइकल लिस्क

काठमाडौं गुर्खाज – नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ग्ल्याण्डका सन एस्किनान्जी, नामिबियाका जेहार्ड एरास्मस र इङ्ग्ल्याण्डका ड्यान डौथेवेट

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!