बैतडी: बैतडीको दोगडाकेदार ३ श्रीकोट खिरेगाउँमा रहेको प्रसिद्ध भिटाकेदार मन्दिरमा आजदेखि पूजन कार्य सुरु भएको छ ।
बिहान भण्डारघर गाेयलागाउँबाट भण्डार मन्दिरमा लगेसंगै पुजाआजा सुरु भएको भिटाकेदार मन्दिरका धामी प्रेमसिंह धामीले जानकारी दिनुभयाे।
आजदेखि पुजाआजा सुरु भई ५ दिनसम्म पुजाआजा गरिने र नवमी तथा कात्तिक २५ गते राती जात्रा हुने जनाईएको छ ।
भिटाकेदार मन्दिरमा प्रत्येक बर्षको कात्तिक शुक्लपञ्चमीदेखि शुक्लनवमीसम्म पुजाआजा हुने गरेको भिटाकेदार मन्दिरका भण्डारे बिरभान सिंह विष्टले बताउनुभयो ।
भिटाकेदार मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने विश्वास रहेको छ । यसका साथै भिटाकेदार मन्दिरमा आजदेखि दैनिक रूपमा भजन कीर्तन समेत हुने जनाएको छ।
जात्रामा दोगडाकेदार गाउँपालिकाका साथै छिमेकी पालिकाबाट पनि दर्शनार्थी आउने गरेका भिटाकेदार मन्दिरका पुजारी धर्मानन्द जाेशीले जानकारी दिनुभयाे ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा कार्तिक शुक्ल पक्षभरी विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा हुने गरेका छन् ।



