बैतडीः दार्चुलाकाे शैल्यशिखर नगरपालिका ९ गाेकुलेश्वरमा रहेकाे महादेव महादेव तीर्थस्थल शिवधाम जगतपुरीमा
एक कराेड बत्ती प्रज्वलन कार्य सञ्चालनमा रहेकाे छ।
कात्तिक १ गतेदेखि सञ्चालनमा रहेकाे विराट काेटीहाेम महायज्ञमा कात्तिक १५ गते एक कराेड बत्ती प्रज्वलन कार्य शुरू गरिएको शिवधाम क्षेत्र बिकास जगतपुरीका आजीवन सदस्य पुर्ण साउँदले जानकारी दिनुभयाे ।
महायज्ञमा पञ्चपुराणहरूसंगै वाचन,एक कराेड हवन आहुती,१०८ कन्या पुजन,एक कराेड बत्ती चर्मण्यवती मैयामा प्रज्वलन,हाेम गर्ने,भक्तजनहरूलाई भाेजन भण्डारा समेत गर्ने गरिएको छ।
विश्वशान्ति,राष्ट्रशान्ति र पितृशान्तिकाे कामनाका लागि सञ्चालन गरिएको महायज्ञमा श्रद्धालु भक्तजनहरूलाई टिकाप्रसाद ग्रहणकाे लागि आग्रह गरिएको छ।

