बैतडीका ११ घरमा आगलागी,डेढ कराेडकाे क्षति

बैतडी: आगलागीबाट बैतडीमा करिब डेढ कराेडकाे क्षति भएको छ। चालू आर्थिक वर्षकाे हालसम्मको अवधिमा भएका आगलागीका घटनाबाट एक कराेड ३४ लाख,९९ हजार पाँच सय रूपैयाँ बराबरको क्षति भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिनुभयाे।
उहाँले भन्नुभयाे,” चालू आर्थिक वर्षकाे साउन महिनादेखि हालसम्म १२ वटा आगलागीका घटना भएका छन्,यी घटनाबाट एक कराेड ३४ लाख,९९ हजार पाँच सय रूपैयाँ बराबरको क्षति भएकाे विवरण संकलन भएकाे छ।”

आगलागीबाट पसल,घर,सुनचाँदी र नगद जलेका छन् भने दुईजना घाइते समेत भएका जनाइएको छ।
गत भदाैमा दशरथचन्द नगरपालिका ४ गढीमा रहेकाे प्रदीप बरालकाे सुनचाँदी पसलमा आगलागी हुँदा ४५ लाख बराबरकाे क्षति भएकाे छ।

यस्तै कात्तिकमा पुर्चाैडी नगरपालिका १ डाडाकाेटका जयानन्द जाेशीकाे घरमा आगलागी हुँदा ३० लाख, मेलाैली नगरपालिका २ का पुर्ण बहादुर चन्दकाे घरमा भएकाे आगलागीबाट ५० हजार,मंसिरमा पाटन नगरपालिका २कि जयन्ती पन्तकाे घरमा आगलागी हुँदा ४ लाख ५० हजार,डिलाशैनी ७ का जनकराज जाेशीकाे घरमा आगलागी हुँदा ७० हजार,माघ महिनामा डिलाशैनी गाउँपालिका ६ का पुष्कर थलालकाे घरमा आगलागी हुँदा ५ लाख,फागुनमा सुर्नया ७ का तेजबहादुर कार्कीकाे घरमा आगलागी भएर २ लाख ४८ हजार,चैतमा डिलाशैनी २ काे एक घरमा आगलागी हुँदा १ लाखकाे क्षति भएकाे छ।
वैशाखमा पञ्चेश्वर गाउँपालिका ४ का जय बहादुर चन्दकाे घरमा आगलागी हुँदा ५ लाख,सुर्नया गाउँपालिका २ का करन पाण्डेकाे घरमा आगलागी भएर ६० हजार र पाटन नगरपालिका १ कि धाैली लुहारकाे भान्सा काेठामा आगलागी हुँदा २१ हजार ५०० बराबरको क्षति भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
विद्घुत सर्ट भएर तथा मानवीय त्रुटीका कारण आगलागीका घटना भएका प्रहरीले बताएको छ।

आगलागीबाट घटना न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम तथा सन्देशमूलक प्रचारसामग्री प्रकाशन तथा प्रशारण भइरहेकाे डिभिजन बन कार्यालयका प्रमुख डिभिजनल बन अधिकृत दीलिपकुमार यादवले बताउनुभयो ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!