बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिका ६ मा सम्पन्न तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले जितेकाे छ।
आज सम्पन्न फाइनल खेलमा बस्काेट सुपर किङस बी टिमलाई ५ विकेटले स्तब्ध पार्दै हुनैनाथ मालिकार्जुन च्याम्पियन बनेकाे हाे।
उपाधिसंगै हुनैनाथ मालिकार्जुनले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पायाे।
बस्काेटले भने ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त बुझायाे।
फाइनलमा जितका लागि पाएकाे ८२ रनकाे सामान्य लक्ष्य हुनैनाथले १०.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्याे। जसमा दिनेश रावतले २७ र विपिन मेहरले २७ रनकाे याेगदान गरे ।
बस्काेटका करन डडालले ३ विकेट हात पारे ।
यसअघि पन्ज्युनयाँ खेलमैदानमा पहिला ब्याटिङ गरेकाे
बस्काेट १८.२ ओभरमा ८१ रनमा समेटियाे। उसका सुशील शर्माले ४५ रन हिर्काए।
हुनैनाथका विपिन मेहरले ३ विकेट झारे।
विपिन म्यान अफ द फाइनल समेत चुनिए।
यस्तै सेमिफाइनलबाट बाहिरिएका आयाेजक शुसितम युवा क्लब ए र बस्काेट सुपर किङस ए टिमले १०/१० हजार पायाे।
यसैबीच बस्काेट सुपर किङस ए का प्रदीप चन्द म्यान अफ द सिरिज चुनिए। उनले ११ हजार १११ पुरस्कार पाए।
बस्काेट ए शुसिल शर्मा बेस्ट ब्याटर र शुसितम युवा क्लब बी का मनाेज कार्की बेस्ट बलर चुनिदै समान ७ हजार ७७७ पुरस्कार पाए।
शुसितम युवा क्लब ए का सुदीप कार्की उदयीमान खेलाडी हुँदै ३ हजार ३३३ पुरस्कार पाए।
विजेता उपविजेता तथा विभिन्न पुरस्कार पाउने खेलाडीलाई दाेगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की,वडा नम्वर ६ का वडाध्यक्ष गाेपाल कार्की,डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट,आयाेजक शुसितम युवा क्लबका अध्यक्ष विरसिंह कार्कीलगायतले पुरस्कार वितरण गरे ।
समापन समाराेहमा बाेल्दै दाेगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले पालिकाले खेल क्षेत्र प्राथमिकता राखेकाे बताउदै प्रतियोगिताले क्रिकेटकाे विकासमा सहयाेग पुग्ने बताउनुभयाे।
असाेज २९ गतेदेखि शुरू भएकाे प्रतियोगितामा १९ टाेलीकाे सहभागीता रहेकाे थियाे।
यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे।

