बैतडी: बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिग अन्तर्गत सुपर सिक्सको खेलमा पाटन भ्यालीले रोमाञ्चक जित हात पारेको छ ।
भ्यालीले निङ्गलाशैनी क्रिकेट क्लबलाई २ विकेटले पराजित रोमाञ्चक जित हात पारेको हो ।
निङ्गलाशैनीले दिएको १६० रनको लक्ष्य भ्यालीले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
भ्यालीका पाटनका सन्दीप खत्रीले ३५ रनको विजयी इनिङ खेले । यस्तै दिपक टमटाले ४३ र दिपेन्द्र भण्डारीले २६ रनको इनिङ खेले ।
निङ्गलाशैनीका विरेन्द्र चन्दले ३,रिसिकेश बाेहराले २ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीे १९ ओभरमा अलआउट हुँदै १५९ रनमा समेटिएको थियो ।
निङ्ग्लाशैनीका दिपक बोहराले ५६ रनको अर्धसतकीय पारी खेलेका थिए । ऋषिकेश बोहराले ३० र गजेन्द्र बोहराले २७ रनको योगदान दिए पनि टीमलाई जिताउन सकेनन् ।
पाटन भ्यालीका विकास बिष्टले ४ तथा दिपेन्द्र भण्डारीले ३ विकेट लिएका थिए ।
भ्यालीका सन्दीप खत्री प्लेयर अफ द म्याच चुनिएका स्काेरर तिलक बाेहराले जानकारी दिनुभयाे।
पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता छ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।
द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।
