बैतडी: हुनैनाथ मालिकार्जुन क्रिकेट क्लब, बैतडीको दाेगडाकेदार गाउँपालिका ६ मा जारी तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे फाइनलमा पुगेकाे छ।
आज सम्पन्न सेमिफाइनल खेलमा बस्काेट सुपर किङ्स ए लाई ६ विकेटले हराउदै हुनैनाथ मालिकार्जुन फाइनलमा पुगेकाे हाे ।
जितका लागि पाएकाे १५१ रनकाे लक्ष्य मालिकार्जुनले १६.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे ।
जसमा धर्मासिंह खाेलिया र जीवन मेहताले अर्धसतक हिर्काए। धर्मसिंहले ७० र जिवनले ५३ रनकाे याेगदान गरे ।
बस्काेटका राहुल बिनीले २ विकेट लिए ।
यसअघि पन्ज्युनयाँ खेलमैदानमा पहिला ब्याटिङ गरेकाे बस्काेट १८ ओभरमा १५० रनमा समेटियाे।
उसका रघुबिर यादवले सर्वाधिक ५१ रन हिर्काए।
मालिकार्जुनका धर्मसिंह खाेलीयाले ३ विकेट झारे । उनी खेलका म्यान अफ द म्याच समेत चुनिए।
असाेज २९ गतेदेखि शुरू भएकाे प्रतियोगिताकाे फाइनल खेल भाेलि हुने आयाेजक शुसितम युवा क्लबका सचिव जगदीश कार्कीले जानकारी दिनुभयाे।
उपाधि विजेता टाेलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।
यस्तै उपविजेता टाेलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।
यसका साथै सेमिफाइनलबाट बाहिरिने टाेलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।
प्रतियोगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।
यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे।
