बैतडी: बैतडीको पाटनमा जारी चौँथौ संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–४) काे सुपर सिक्सका खेलहरू आजदेखि शुरू भएका छन् ।
सुपर सिक्सकाे पहिलाे खेलमा काेइनाेडा गुरूखाेला लायन्सले फराकिलाे जित दर्ता गरेकाे छ।
पाटन भ्याली क्रिकेट क्लबलाई १६८ रनले स्तब्ध पार्दै गुरूखाेलाले उत्कृष्ट जित दर्ता गर्याे।
गुरूखाेलाले दिएकाे २५७ रनकाे बिशाल लक्ष्य पछ्याउने क्रममा भ्याली १४.२ ओभरमा ८८ रनमा समेटियाे। उसका विकास विष्टले सर्वाधिक २४ रन हिर्काए।
गुरूखाेलाका कप्तान वसन्त खत्रीले ३, विकास आग्री,भुपेन्द्र चन्द र कल्पेश चन्दले २/२ विकेट हात पारे ।
यसअघि श्रीकृष्ण मावि पाटनकाे खेलमैदानमा पहिला ब्याटिङ गरेकाे गुरूखाेलाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २५६ रन बनायाे। जसमा निराजन गाैतमले ११० रनकाे शतकीय पारी खेले । वसन्त खत्रीले ६६ रनकाे याेगदान गरे।
भ्यालीका किरन चन्दले २ विकेट लिए।
गुरूखाेलाका निराजन गाैतम म्यान अफ द म्याच भएका स्काेरर तिलक बाेहराले जानकारी दिनुभयाे।
याे फराकिलो जितसंगै गुरूखाेलाले सेमिफाइनलकाे सम्भावना बलियाे बनाएकाे छ।
पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता छ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।
द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।
