बैतडी:बैतडीको दाेगडाकेदार गाउँपालिका ६ मा जारी तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगमा आजदेखि क्वाटरफाइनलका खेल शुरू भएका छन्।
आज सम्पन्न दुई खेलबाट बस्काेट सुपर किङ्स ए र हुनैनाथ मालिकार्जुन क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन्।
पहिलाे क्वाटरफाइनल खेलमा बस्काेट ए ले आरती सप्लायर्सलाई ८६ रनले हरायाे।
बस्काेटले दिएकाे १८० रनकाे लक्ष्य पछ्याएकाे आरतीले ९३ रन मात्रै बनाउन सक्याे । उसका राजेन्द्र नाथले सर्वाधिक ३० रन बनाए।
बस्काेटका प्रदीप चन्दले ४ विकेट लिए।
यसअघि पन्ज्युनयाँ खेलमैदानमा पहिला ब्याटिङ गरेकाे बस्काेटले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७९ रन बनायाे।
जसमा रामेश्वर यादवले ५० र प्रदीप चन्दले २६ रनकाे याेगदान गरे। प्रदीप खेलका म्यान अफ द म्याच समेत चुनिए । आरतीका लागि विरेन्द्र नाथले ३ विकेट लिए।
आजै सम्पन्न अर्काे क्वाटरफाइनल खेलमा न्वाली किङलाई २२ रनले स्तब्ध पार्दै हुनैनाथ मालिकार्जुन सेमिफाइनल प्रवेश गरेकाे छ।
१४७ रनकाे लक्ष्य पाएकाे न्वालीले १९.५ ओभरमा १२४ रन मात्रै जाेड्न सक्याे। जसमा टेक रावतले सर्वाधिक ३१ रन हिर्काए। हुनैनाथका राहुल चन्दले ३ विकेट झारे।
यसअघि हुनैनाथले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४६ रन बनायाे ।
उसका राहुल चन्दले ४० र जीवन महराले ३९ रनकाे पारी खेले ।
न्वालीका शुभाष विष्टले ४ विकेट हात पारे।
प्रतियोगिता अन्तरगत भाेलि पनि दुई क्वाटरफाइनल खेल हुँदैछन।
बस्काेट बि र शुसितम बी तथा चम्तडी स्टार र शुसितम ए भिड्नेछन् ।
असाेज २९ गतेदेखि शुरू भएकाे प्रतियोगिता कात्तिक १२ गतेसम्म सञ्चालन हुने आयाेजक शुसितम युवा क्लबका सचिव जगदीश कार्कीले जानकारी दिनुभयाे।
। प्रतियोगितामा सहभागी १९ टाेलीलाई ४ समूहमा विभाजन गरि खेलहरू भएका हुन् ।
उपाधि विजेता टाेलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।
यस्तै उपविजेता टाेलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।
यसका साथै सेमिफाइनलबाट बाहिरिने टाेलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।
प्रतियोगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।
यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे।
