बैतडी:बैतडीको पाटनमा जारी चौँथौ संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–४) काे सुपर सिक्समा पुग्ने सबै टाेलीकाे टुंगो लागेकाे छ।
समूह ए बाट पाटन भ्याली क्रिकेट क्लब,समूह बी बाट आयाेजक पाटन क्रिकेट क्लब,समूह सी बाट टिम काेइनाेडा गुरूखाेला लायन्स सुपर सिक्समा पुगेकाे हाे।
यसका साथै समूह डी बाट कुलगडे क्रिकेट क्लब,समूह ई बाट निङलाशैनी क्रिकेट क्लब र समूह एफ बाट पञ्चेश्वर गाउँपालिका सुपर सिक्समा सुरक्षित भएकाे छ।
सुपर सिक्सका खेलहरू भाेलि शनिबारदेखि श्रीकृष्ण मावि पाटनकाे खेलमैदानमा हुनेछन्।
शनिबार हुने सुपर सिक्सकाे पहिलाे खेलमा पाटन भ्याली र गुरूखाेला भिड्दा दाेस्राे खेलमा पाटन क्रिकेट क्लब र कुलगडे प्रतिस्पर्धा गर्नेछ।
आइतबारकाे पहिलाे खेलमा पाटन क्रिकेट क्लब र पञ्चेश्वर खेल्दा दाेस्राेमा पाटन भ्याली र निङलाशैनीबीच भिडन्त हुनेछ।
साेमबार हुने सुपर सिक्सकाे पहिलाे खेलमा गुरूखाेला र निङलाशैनी खेल्दा दाेस्राेमा कुलगडे र पञ्चेश्वर आमने सामने हुनेछन् ।
सुपर सिक्सका खेलबाट सेमिफाइनल पुग्ने ४ टाेलीकाे टुंगो लाग्नेछ।
पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन् ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।
द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।
