महिला साफ च्याम्पियनशिप आजदेखि,उद्घाटनमा भारत र पाकिस्तान भिड्दै

काठमाडौं:काठमाडौंमा आजदेखि महिला साफ च्याम्पियनशिप शुरु हुँदैछ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुने उद्घाटन खेलमा आज भारत र पाकिस्तान भिड्ने भएका छन्। नेपालले भने भोलि भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

 
महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको छ ।
प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!