बैतडी: मधेश प्रदेशको राजधानी जनकपुरधाममा जारि सहिद कप टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेकाे छ। सुदूरपश्चिम दुई जित र एक बराबरीका साथ समूह बी काे विजेता बन्दै सेमिफाइनलमा पुगेकाे सुदूरपश्चिम प्रदेशका व्यवस्थापक रमेश बाेहराले जानकारी दिनुभयो ।
सुदूरपश्चिमले भाेलि गण्डकी प्रदेशसंग सेमिफाइनलमा भिड्ने सुदूरपश्चिमका प्रशिक्षक खेमराज भट्टले बताउनुभयो ।
वैशाख २० देखि २९ गतेसम्म सहिद कप अन्तरप्रदेश टी-२० क्रिकेट प्रतियोगितामा सात प्रदेशकाे सहभागीता रहेकाे छ।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना, सहिद कप क्रिकेट कमिटीको संयोजन तथा नेपाल क्रिकेट सङ्घ (क्यान)को सहकार्यमा सञ्चालन रहेको प्रतियोगितामा सात वटा प्रदेशको क्रिकेट टिम र एउटा आयोजक टिम गरी आठवटा टिमको सहभागिता रहकाे छ।
प्रतियोगिताको विजेता टिमलाई दुई लाख एघार हजार नगद र ट्रफि र उपविजेता टिमलाई एक लाख एक हजार नगद र ट्रफि पाउनेछ ।

