एनपीएलकाे अक्सन सम्पन्न,कुन खेलाडी कतिमा बिक्री ?(सुचीसहित)

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) काे अक्सन आइतबार सम्पन्न भएकाे छ। अक्सनमार्फत विभिन्न ८ टोलीले ८० खेलाडी किनेका छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा काठमाडौँमा भएको अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा खेलाडी विभाजन गरिएको थियो।

यसअघि नै घोषणा गरिएका मार्की खेलाडी बाहेकलाई प्रत्येक टिमले समान १०/१० खेलाडी अक्सनमार्फत छानिएको हो।

सुदूरपश्चिम रोयल्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी ८ वटा टिमले शनिबार ५ देखि १५ लाखसम्ममा विभिन्न खेलाडी खरिद गरेका हुन् ।

अक्सनमा १२ खेलाडी सर्वाधिक १५ लाख रुपैयाँमा बिकेका छन् ।

प्रतिश जिसी, लोकेश बम, ललितनारायण राजवंशी, अनिलकुमार साह, गुलसन झा, साहब आलम, भीम सार्की, सूर्य तामाङ, सन्दीप जोरा, विवेक यादव, सागर ढकाल र आरिफ शेख १५ लाख रुपैयाँमा बिकेका हुन्।

एनपीएल क्रिकेट मंसिर १५ गतेदेखि काठमाडौंमा हुदैछ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!