एनपीएल: अक्सनका लागि १४२ खेलाडी छानिए,सुदूरका बढी

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले आगामी मंसिरमा सञ्चालन गर्ने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि खेलाडी अक्सनकाे तयारी थालेकाे छ। क्यानले लागि खेलाडीहरूको दर्ता प्रक्रिया पूरा गर्दै अक्सनका १४२ जनाकाे नाम छनाैट गरेकाे छ।

एनपीएलमा सहभागी हुन खेलाडी दर्ता असोज ५ गतेदेखि १२ गतेसम्म खुला गरिएको थियो। यस अवधिमा ४२६ जना नेपाली खेलाडीहरूले आफ्नो नाम दर्ता गरेका थिए। क्यानले दर्ता प्रक्रियालाई निकै व्यवस्थित रूपमा सम्पन्न गर्दै सबै खेलाडीहरूलाई समय दिएको थियो। 

क्यानका अनुसार, दर्ता भएका खेलाडीहरूमध्ये लिगको अक्सनका १४२ जना खेलाडी छनाैट भएका हुन् ।
छनाैट भएका खेलाडीहरूले अब अक्सनमा भाग लिनेछन्। जहाँ टिम फ्रेन्चाइजहरूले उनीहरूलाई आफ्नो टिममा समावेश गर्नेछन्। 

एनपीएलको अक्सन यही २० असोजमा काठमाडौंमा आयोजना गरिनेछ।   

एनपीएलले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस लिगले युवापुस्ताका खेलाडीहरूलाई ठूलो मञ्च प्रदान गर्दै उनीहरूको प्रतिभा उजागर गर्न सहयोग पुर्याएको छ। अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाइसकेका खेलाडीहरूसँगै नयाँ खेलाडीहरूले पनि यस लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्। अक्सनका लागि ए, बी र सी क्याटेगोरी बनाइएको छ ।

ए क्याटेगोरीमा २७ जना खेलाडी छन् । यसैगरी बी क्याटेगोरीमा ३८ र सी क्याटेगोरीमा ७७ खेलाडीको सूची समावेश छ।
छनाैट भएका १४२ खेलाडीमा सुदूरपश्चिम प्रदेशका बढी रहेका छन्।

एनपीएल क्रिकेट आगामी मंसिर १५ देखि काठमाडौंमा हुदैछ । याे नेपाली क्रिकेटप्रेमीहरूबीच निकै प्रतीक्षित लिग हो। क्यानले एनपीएललाई देशकै प्रमुख घरेलु क्रिकेट प्रतियोगिता बनाउनका लागि विशेष योजना र तयारी गरिरहेको छ।



junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!