बैतडीका एकसय बनमा आगलागी,जनजीवन प्रभावित

संकटमा वन्यजन्तु

बैतडी:बैतडीका एक सय बढी बनमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयले संकलन गरेकाे तथ्यांकअनुसार यहाँका एकसय बनमा आगलागी भएकाे हाे।
तथ्यांकअनुसार यहाँका दशवटै स्थानीय तहमा रहेका बनहरूमा आगलागी भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयाे”मातहतका प्रहरी युनिटले संकलन गरेकाे तथ्यांकअनुसार जिल्लाका एकसय बनमा आगलागी भएकाे देखिन्छ।,बनमा लागेकाे आगलागीबाट ७ लाख ७० हजारकाे क्षति भएकाे विवरण प्राप्त भएकाे छ।”
सबैभन्दा बढी आगलागी जिल्लाकाे सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका बनहरूमा भएकाे छ। पाटन र सुर्नयाका २२/२२ बनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यस्तै डिलाशैनी गाउँपालिकाका १७,दशरथचन्द नगरपालिकाका १६,मेलाैली नगरपालिकाका नाै,सिगास गाउँपालिकाका सात,पुर्चाैडी नगरपालिकाका तीन,शिवनाथ गाउँपालिकाका दुई,दाेगडाकेदार गाउँपालिकाका र पञ्चेश्वर गाउँपालिकाका एक/एक बनमा आगलागी भएकाे प्रहरीको तथ्यांक रहेको छ।
यहाँका बनमा लागेकाे आगलागी तथा डढेलाेका कारण वायु प्रदुषण बढेकाे छ। प्रदूषणका कारण यहाँको जनजिवन समेत प्रभावित  बन्न पुग्नुका साथै अस्पताल र स्वास्थ्यसंस्थाहरूमा बिरामीकाे चाप रहेकाे छ।
अन्य समयकाे तुलनामा पछिल्लो केहिदिनयता बिरामीको संख्या बढेकाे जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर विकले बताउनुभयो । सामान्य दिनमा जिल्ला अस्पतालमा धेरै बिरामी नआउने भए पनि गर्मी लागे संगै अहिले दैनिक रुपमा डेढसय भन्दा धरै बिरामी अस्पतालमा उपाचार गर्न आउने गरेका छन्  । उहाँले भन्नुभयो,” अन्य समयको तुलनामा अहिले आगलागी र गर्मीको समय भएकाले उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको छ।,पछिल्लो समय वायु प्रदुषण बढेकाले बिरामीको चाप देखिएको हाे।”
अस्पताल आउने बिरामीहरूमध्ये बढीजसने श्वासप्रश्वास,दम, ज्वरो, पेट दुख्ने , टाईफाइड,झाडापखालाका रहेका जनाएको छ।
अहिले गर्मीको समयमा तातो हावा तथा तातो लहरबाट लाग्ने रोगहरु बाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने तथा सरसफाइ र खानपानमा समेत ध्यान दिनुपर्ने चिकित्सकहरूकाे सुझाव रहेकाे छ।
वनजंगलमा लागेकाे डढेलाेका कारण वन्यजन्तु समेत संकटमा परेका छन्। यसका साथै चराचुरुङ्गीकाे बासस्थान समेत जलेर नष्ट भएका छन्।
डिभिजन बन कार्यालय बैतडीका प्रमुख डिभिजनल वन अधिकृत दीलिपकुमार यादवले आगलागीका घटना न्यूनीकरण गर्न यहाँका सञ्चारमाध्यमबाट सन्देश प्रकाशन र प्रशारण भइरहेको बताउनुभयाे। उहाँले भन्नुभयाे,” बनमा आगाे नलगाउ भनेर यहाँका सञ्चारमाध्यमबाट सन्देश प्रकाशन तथा प्रशारण भइरहेकाे छ।”

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!