बैतडी:नेपाली कांग्रेस,बैतडी-काठमाडौं सम्पर्क समितिले विजयादशमी तथा शुभ दिपावलीकाे अवसरमा शुभकामना आदानप्रदान चियापान तथा सांस्कृतिक कार्यक्रम २०८१ काे आयाेजना गरेकाे छ।
सम्पर्क समितिका सचिव मनमाेहन भट्टका अनुसार उक्त कार्यक्रम भाेलि असाेज ९ गते काठमाडौंकाे धुम्वाराहीमा हुने बताउनुभयाे।
धुम्वाराहीकाे लर्ड पार्टी प्यालेसमा हुने उक्त कार्यक्रमकाे उद्घाटन नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले गर्नुहुने सम्पर्क समितिका अध्यक्ष भानबहादुर चन्द(भास्कर)ले जानकारी दिनुभयाे।
यसका साथै सांस्कृतिक कार्यक्रममा चर्चित देउडा गायक महेशकुमार औजी,गाेपाल दयाल,एलबी चन्द,दिपा राेकाया निरूता खत्री,नरेन्द्र जाेशी(हगुल्टाे),धुर्व रानाक्षेत्री,कल्पना विष्टलगायतका कलाकारकाे प्रस्तुति रहनेछ ।
सम्पर्क समितिले आर्थिक अभावमा उपचार नभएकालाई सहयाेग गर्ने लगायतका गतिविधि सञ्चालन गर्दै आएकाे छ।
