नेपाल पत्रकार महासङ्घको निर्वाचन स्थगित

काठमाडौ: नेपाल पत्रकार महासङ्घको निर्वाचन स्थगित भएको छ । निर्वाचन समितिले आजको लागि तय भएको उम्मेदवार मनोनयन कार्यक्रम अर्को सूचना नआएसम्म स्थगित भएको जनाएको हो ।

समितिले एक सूचना जारी गर्दै भनेको छ– नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाको २०८१ साल असोज १२ गते तोकिएको निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको विदितै छ । निर्वाचनको कार्यक्रम अन्तरगत उम्मेदवारको मनोनयन दर्ता गर्नको लागि २०८१ असोज ०४ गते मिति तोकिएकोमा नेपाल पत्रकार महासङ्घबाट प्राप्त पत्र अनुसार २०८१ असोज ०४ गतेको उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभए सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ ।

नेपाल पत्रकार महासङ्घले तोकेको मिति र समयमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको निर्वाचन समितिले उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!