बैतडी:तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग असाेज अन्तिम साता हुने भएकाे छ।
दाेगडाकेदार गाउँपालिकाकाे प्रायाेजन तथा शुशितम युवा क्लबकाे आयाेजना हुने प्रतियोगिता असाेज २८ गतेदेखि शुरू हुने भएकाे हाे।
प्रतियोगिताकाे विजेता टाेलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।
यस्तै उपविजेता टाेलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।
यसका साथै सेमिफाइनलबाट बाहिरिने टाेलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ , प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।
प्रतियोगिताकाे लागि टिम दर्ता खुल्ला गरिएको शुशितम युवा क्लबका सदस्य अशाेक कार्कीले जानकारी दिनुभयाे।
सहभागी हुन चाहने टाेलीले असाेज २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ । टिम दर्ता शुल्क १२ हजार ५०० राखिएको छ। खेल टेनस बलले खेलाइने आयाेजकले जनाएको छ।
दाेगडाकेदार गाउँपालिका ६ स्थित पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्ला भित्र र बाहिरका टाेली पनि सहभागी हुन पाउनेछन्।
प्रतियोगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।
यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे।

