पहिराेका कारण पाँच परिवार विस्थापित,नाै घर जाेखिममा

बैतडी: लगातारको बर्षाका कारण खसेको पहिरोले बैतडीका पाँच परिवार विस्थापित भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–११ नागार्जुन पड्याबाज भन्ने स्थानमा पाँच घर पहिरोको उच्च जोखिममा परेका हुन् । 

उच्च जोखिममा परेका घरका पाँच परिवार विस्थापित भएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।

घरको आँगन पहिरोले लगेपछि स्थानीय खिमानन्द पन्त, गुमानी पन्त, केशवदत्त पन्त, रगीदत्त पन्त र गोपालदत्त पन्तको घर पहिरोको उच्च जोखिममा परेका हुन्। उहाँले भन्नुभयाे,”अहिले पाँचै जनाको परिवार आफन्तको घरमा बसीरहेका छन् । पहिरोले घर भत्कनसक्ने सम्भावना रहेकाले उनीहरु आफन्तको घरमा स्थानान्तरण गरिएको हाे।”

यस्तै बुधबार रातिदेखि अविरल बर्षाका कारण खसेको पहिरोले सुर्नया गाउँपालिका वडा नं ६ धुलिधारका अम्बादत्त पन्तको घर जोखिममा परेको छ । 

घरको आँगनबाट खसेको पहिरोले बारीमा लगाएको बन्दा नष्ट गरेको छ भने पानीको धारामा समेत क्षति पुगेको छ । 
पाटनमा सञ्चालनमा रहेको महिला सुरक्षित आवास गृहको भवन पहिरोको जोखिममा परेको छ । भवनको माथिबाट खसेको पहिरोले झ्यालको सिसा फुटाउनुका साथै कोठाभित्र पानी पसेको प्रहरीले जनाएको छ।
जिल्लाकाे मेलौली नगरपालिका ६ हतरंगामा पनि पहिराेका कारण दुई घर जोखिममा परेका छन् । घरमाथिबाट खसेको पहिरोले स्थानीय जयदत्त भट्ट र धर्मानन्द भट्टको घर जोखिममा परेको प्रहरीले जनाएको छ । 
लगातारको वर्षाले यहाँको जनजीवन समेत प्रभावित भएकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!