पाटन बजारमा दाङका युवक मृत भेट्टिए

बैतडी:दाङ घर भएका एक युवक बैतडीमा मृत फेला परेका छन् ।मृत फेला पर्नेमा दाङकाे भालुवाङ घर भएका २१ वर्षीय दिपेन्द्र घर्तीमगर रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिनुभयाे।

दिपेन्द्र जिल्लाको पाटन नगरपालिका ६ को मुख्य बजारको पछाडी रिङरोडको तल मृत फेला परेका हुन्।
लामो समयदेखि सरसरफाईको क्षेत्रमा काम गर्दै दिपेन्द्र स्थानीय दिलबहादुर चन्दकाे पुरानाे घर पछाडि फेला परेका हुन्।

पुरानाे जीर्ण घरमा बस्दै आएका दिपेन्द्रकाे शव घरको पछाडी घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ।
घटनास्थलमा अहिले प्रहरी खटिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!