बैतडी: बैतडीमा बिहीबार बेलुका मिनिट्रक दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ। दुर्घटनामा परेर दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका ५ झलारी घर भएका मिनिट्रक साहु समेत रहेका जगदीश अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।
धनगढीबाट बैतडीको दाेगडाकेदार गाउँपालिका कफलकाेट गइरहेकाे सु प प्र ०२ ००१ ख ०७३४ नम्बरकाे
मिनि ट्रक कफलकाेट नजिकै बिहीबार बेलुका ७ बजे दुर्घटनामा परेकाे हाे।
दुर्घटनामा परेर साहु जगदीशकाे घटनास्थलमै मृत्युु भएकाे हाे।
यस्तै ट्रक चालक अम्मर अवस्थी र सहचालक राजेन्द्र राना दुर्घटनामा परेर घाइते भएका छन्।
घाइते दुबैजनाकाे जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ।
सरिया र सिमेन्ट बाेकेकाे मिनिट्रक अनियन्त्रित भएर दुर्घटनामा परेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे अस्थाई ट्राफिक प्रहरी पाेष्ट,सतबाँझका ईञ्चार्ज सुरेन्द्र बहादुर चन्दले बताउनुभयो ।
दुर्घटनाग्रस्त मिनिट्रक सडकबाट ६० मिटर तल खसेकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
