काठमाडौं: श्रीलंकाले महिला एसिया कप टी-२० क्रिकेटको उपाधि हात पारेकाे छ ।
आइतबार सम्पन्न फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै श्रीलंकाले उपाधि हात पार्याे। एसिया कपकाे इतिहासमा श्रीलंकाले पहिलो पटक उपाधि जितेको हो ।
भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्याे ।
श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्वाधिक ६९ रन बनाएकी थिइन् भने कप्तान चामारी अट्टापट्टूले ६१ रन बनाएकी थिइन् । त्यस्तै कभिशा दिलहरिले अविजित ३० रन बनाएकी थिइन् ।
यसअघि श्रीलंकाकाे घरेलु मैदानमा पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।
सात पटककाे च्याम्पियन भारतलाई हराएर श्रीलंकाले पहिलाेपटक उपाधि जित्दै ईतिहास बनाएको छ।
