काठमाडौं: काभा वुमन्स नेसन्स लिग भलिबल साउन १७ गतेदेखि हुने भएको छ । नेपाल भलिबल संघ एनभीएको आयोजना हुने प्रतियोगिताका खेलहरु काठमाडौंको त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सञ्चालन हुनेछन् ।
यस प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहनेछ।
नेपालले उद्घाटन खेलमा साउन १७ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। सोहि दिन भारत र इरानबीच दोस्रो खेल हुनेछ। नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग, तेस्रो खेल साउन १९ गते इरानसँग र चौथो खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ।
लिगचरणको खेलपछि शीर्च चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन्। लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो भएको टोलीबीच सेमिफाइनल खेल हुनेछ। प्रतियोगितामा लिगचरणका १० सेमिफाइनल २ तथा फाइनल र तेस्रो स्थान खेल गरी कूल १४ खेल हुनेछ।
प्रतियोगिता साउन २३ गते सम्पन्न हुनेछ ।
