काठमाडौं: राजधानीमा जारी तेस्राे संस्करणको एनपीएलमा पहिलाे शतक प्रहार भएको छ। पोखरा एभेन्जर्सका युवराज सामराले शतक बनाएका हुन्। उनले कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका हुन् । उनी १०२ रनमा आउट भए। जसमा ६ छक्का र १० चाैका सामेल छन्।
एनपीएल इतिहासकाे याे चौथो शतक हो, जसमा तीन पोखराका खेलाडीको नाममा छ ।
पहिलाे संस्करणमा पोखराकै एन्ड्रेज हाउसले ५४ बलमा शतक पुरा गरेका थिए । उनले सो खेलमा अविजित १ सय ४ रन बनाएका थिए । दाेस्राे संस्करणमा पोखराकै एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध नै ५४ बलमा शतक बनाएका थिए, उनले सो खेलमा ५८ बलमा अविजित १ सय ८ र बनाएका थिए ।
गत संस्करणमा नै कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक पुरा गरेका थिए, जुन एनपीएलमा सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो । वाटले सो खेलमा ४४ बलमा अविजित १ सय १४ रन बनाएका थिए । १ सय १४ रन नै वाटकाे नाममा एकै खेलमा सर्वाधिक बढी रन बनाउने खेलाडीकाे रेकर्ड समेत छ।
